सिटिजन्स बैंक र भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुटसम्बन्धी सम्झौता
काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सास्थित श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी...
Read More

























