Author: Himalaya Post

राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ – राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल आज पनि जारी रह्यो । बुधबार ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय’, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’, ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय’, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय’, ‘गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय’, ‘राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय’, ‘प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालय’ र ‘राष्ट्रिय योजना आयोगको सचिवालय’ मा छलफल भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकको अन्त्यमा बिहीबार हुने बैठकमा ‘वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक यही असार २० गते बिहीबार अपराह्न १२ः१५ बजे बस्नेछ...

Read More

एनआईसी एशिया बैँकले चन्द्रागिरी नगरपालिकाका नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोल्ने

काठमाडौँ – चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एन आई सी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंक बीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका छन् । चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्रसाउन १ गते वा...

Read More

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

काठमाडौँ – प्रमुख सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्माओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि बुधबार एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । तर, प्रधानमन्त्रीले भने राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने बताएका छन् । एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । उनले अबको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ । कूल २७५ सदस्य रहेको प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ । तर, ८८...

Read More

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई काँग्रेसको आग्रह

काठमाडौँ – नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ सरकार गठबनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ सरकार बनाउन प्रधानमन्त्रीले राजीनामा दिन उचित हुने ठहर गरेको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ ।’ काँग्रेसले नेकपा एमालेसँग मिलेर नयाँ...

Read More

१० किलो चरेससहित बारामा २ जना भारतीय नागरिक पक्राउ

राहुल गुप्ता, बारा – सशस्त्र सीमा सुरक्षा गुल्म मटिअर्वा, बाराले लागु औषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला, थाना आदापुर पन्चायत बेलवा बस्ने १८ वर्षीय मनिष कुमार र भारतको रामपुर बस्ने २१ वर्षीय भरत साह रहेका छन् । मंगलवार राति बाराको कलैया उपमहानगरपालिका–१० शनिच्ररा मठ ईलाकामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सप्रनाउ भवराज कटवालको कमान्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोलीले उनीहरुलाई १० किलो बढी लागूऔषध चरेससहित गरेको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको द्यच्ण्छद्यभ्ण्ठटठ च्यासिस नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जनाले हेल्मेट...

Read More