रास्वपाका महामन्त्रीको विरोध : मुखमा कालोटेप लगाएर बैठकमा सहभागी
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै विरोध जनाएका छन् । उनी केन्द्रीय समितिको बैठकमा मुखमा कालो टेप लगाएर सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोध मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको उनको जिकीर छ । बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् । उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही...
Read More

























