Author: Himalaya Post

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ...

Read More

माइडिया ब्रान्डका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा, घरलाइ नयाँ स्वरुप दिन सकिने

वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुइ नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्राएको छ। यी नयाँ उत्पादनहरूले भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने कम्पनिको विस्वास रहेको छ । ‘आधुनिकता र सफाई एकसाथू कम्पनीको मुख्य उदेश्य रहेको कम्पनिले जनाएको छ। माइडिया चिम्नी: सीजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उपलब्ध छन् । मोडेल 90M21-T, 90 सेमी टी-शेप्ड कुकर हुड, ३ फिल्टर र ५ लेयरको बाफल टेक्नोलोजी, टच कन्ट्रोल प्यानल, १२ सय घनमिटर/घण्टाको सक्सन पावर, र ३ वाटको १ एलईडी लाइट्स ऊर्जा-दक्ष छन्। म्याट ब्ल्याक पेन्टेड बडीले यसलाई...

Read More

भोलिसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौँ – नेकपा एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकले काँग्रेस-एमालेको नयाँ गठबन्धन बनेसँगै नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्षसहित भोलिसम्मको समय दिएको हो । बैठकले कांग्रेस–एमालेबीच भएको सहमतिको स्वागतसहित समर्थन गरेको छ  । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने नयाँ राष्ट्रिय सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले आफूहरुले वर्तमान सरकारको निरन्तरतामा जोड दिएका बेला सत्ता साझेदार दलहरुसंग छलफल नगरी प्रधानमन्त्री स्वयंले राष्ट्रिय सहमतीय...

Read More

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौँ – सहकारी गठी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको छ । मंगलबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । सहकारी ठगीमा प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध किटानी जाहेरी परेको र उनी पदमा बहाल रहे अनुसन्धान प्रभावित हुने भन्दै अधिवक्ता अनुपम भट्टराईले उनलाई निलम्बन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले अदालतले कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो । फाइल आएसँगै सर्वोच्चले अन्तिम सुनुवाई अघि बढाएको हो । आज हेर्दाहेर्दैमा राखिएको उक्त रिटमाथि भोलि पुनः सुनुलाई हुनेछ...

Read More

राप्रपाको निष्कर्ष : कांग्रेस-एमालेबीच भएको सहकार्य स्वागतयोग्य

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका लागि कांग्रेस–एमालेबीच भएको सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेबीच संविधान संशोधन गर्ने मुख्य बुँदामा सहमति भएको खबर सुनेको भन्दै त्यसो हो भने नयाँ सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको जानकारी दिए । लिङ्देनले राप्रपाले लामो समयदेखि संविधानमा आमूल परिवर्तन गर्नुपर्ने अडान राखिरहेको अवस्थामा संविधान संशोधनलाई नै आधार बनाएर भएको नयाँ सहमति स्वागतयोग्य रहेको बताए । उनले बैठकमा अहिले विकसित राजनीतिक घटनाका क्रममा विषयमा प्रारम्भिक छलफल भएको भन्दै तत्काल ठोस धारणा बनाएर जान उपयुक्त हुँदैन भन्ने निष्कर्ष रहेको जिकिर गरे...

Read More