Author: Himalaya Post

युक्रेनको पश्चिमी सहर लभिभमथि पनि रुसको आक्रमण

काठमाडौं – शुक्रबार रुसले युक्रेनको पश्चिमी क्षेत्रमा रहेको सहर लभिभमथि पहिलोपटक आक्रमण गर्‍यो । शुक्रबार बिहानैदेखि लभिभमा विष्फोटका आवाज सुनिएको थियो । त्यस्तै लभिभको आकाशमा पनि धुवाँको मुस्लो उडेको देखिएको थियो। लभिभका मेयरका अनुसार रुसको मिसाइल हवाई विमान मर्मत केन्द्रमा खसेको थियो। यद्यपि उक्त केन्द्रको काम बन्द रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ। युक्रेनको सेनाले शुक्रबार ६ वटा क्रुज मिसाइल रुसले काला सागरबाट प्रहार गरेको र त्यसमध्ये दुईवटा खसालिएको बताएको छ । रुसको आक्रमण निरन्तर अमेरिकी सैन्य गठबन्धन नेटोमा आबद्ध मुलुकको सीमानजिकै गएसँगै पश्चिमा मुलुकले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार रुसले आक्रमण गरेको सहर पोल्याण्डको सीमाबाट...

Read More

नेपालले र्‍याफ्टिङ मा ओलम्पिक पदक जित्ने आंकलन

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् -याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले आगामी एशियन र ओलम्पिकमा याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिए । नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ । त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी,...

Read More

नेपाल खेलकुद महासंघ (नेकोस) को कार्य विभाजन सम्पन्न

काठमाडौं – नेपाल खेलकुद महासंघ (नेकोस) ले कार्यविभाजन सहितको सर्कुलर जारी गरेको छ । महासंघको दोश्रो महाधिवेशन आयोजक कमिटीको संयोजकमा तत्कालीन वरिष्ठ उपाध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) चयन भएपछि फागुन २९ गते काठमाडौंमा आयोजक कमिटीको विस्तारीत बैठक सम्पन्न गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ को पहिलो सदस्य सचिवको भूमिका समेत निर्वाह गरिरहेका महासंघका संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्र्तराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षा गर्न सक्ने हुँदा विकासको गतिलाई नयाँ दिशा दिनका लागि नेपाल खेलकुद महासंघलाई गाउँगाउँसम्म पु¥याउने र खेलकुद गतिविधिलाई घरघरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । महासंघको...

Read More

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

काठमाडौं – मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गरेका हुन् । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । नगरपालिकाको रु १३ लाख, सेवक नेपालको  १० लाख १० हजार १९ र जनश्रमदानबा  चार लाख ६७ हजार ३१४ लागतमा धारा निमार्ण गरिएको सेवक नेपालका कुमार...

Read More

गायक महेश काफ्लेको ‘पश्मिनाको शल’ युटुबमा

काठमाडौं – गायक महेश काफ्लेको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘पश्मिनाको शल’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतको शब्द र संगीत स्वयं महेशको रहेको छ। संगीतमा महेशलाई भोजराज काफ्लेले साथ दिएका छन् । असीम शाहको निर्देशनमा बनेको गीतको भिडियोमा गायक काफ्ले सँग एलिसा राई फिचर्ड छिन् । एरेन्ज सन्जल बिटु भण्डारीको रहेका छ भने कोरियोग्राफ सुवोल थापाले गरेका हुन्। भिडियो हरि हुमागाईँले खिचेका हुन् भने इडिट लोकेश बज्राचार्यको रहेको छ। भिडियोलाई युट्युब च्यानल जी टु वान डिजिटल मार्फत रिलिज गरिएको छ । गीत युटुबमार्फत जस्ताको तस्तै...

Read More