Author: Himalaya Post

काठमाडौं जिल्ला अदालतद्वारा सम्पादक पाठकलाई सफाई

काठमाडौं – मार्गदर्शनन्यूजडटकमका सम्पादक दीपक पाठकलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । पूणेश्वर प्रसाद उपाध्यायको इजलासले सोमवार सम्पादक पाठकलाई सफाइ दिएको हो । सम्पादक पाठकले केही पहिले सामाजिक सञ्जालमार्फत नेकपाका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक आलोचनालाई गरेका थिए । सोही आलोचनाबारेमा दाहालको सचिवालयले प्रेस कान्सिलमा दिएको निवेदनलाई हतियार बनाएर प्रेस काउन्सिलले सम्पादक पाठकविरुद्ध साइवर क्राइममा उजुरी दिएको थियो । सो उजुरीका आधारमा प्रहरीले वैशाख १७ गते पक्राउ गरी मुद्दा चलाएको थियो । पक्राउ परेको ४ दिनमा अदालतले धरौटीमा रिहा गरेको थियो । उक्त मुद्दाको सुनुवाई गर्दै अदालतले सम्पादक पाठकविरुद्ध विपक्षी प्रेस काउन्सिल नेपालले गरेको माग दाबी नठहर्ने फैसला गरेको...

Read More

बझाङको जय पृथ्वी नगरपालिकामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं.१० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७२ वटा जिल्लामा फैलिएको २६२ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय...

Read More

‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’

ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन् । फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुन सक्ने बताए । शुभकामना सन्देशमा सबैमा उहाँको मार्गदर्शनमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ । विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले जीवनका सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाज सुधारमा खर्चिएको भन्दै मन्त्री भट्टराईले विश्व समुदायको...

Read More

तिहारका तीन दिन वाणिज्य बैंक नखुल्ने

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताउँछन् । “हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा सङ्क्रमण र...

Read More

आईपीएल फाइनल आज : दिल्लीले रोक्न सक्ला मुम्बईको विजयी यात्रा ?

काठमाडौँ – युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को १३ औँ संस्करणको आज अन्त्य हुँदैछ अथार्त करिब दुई महिना प्रतियोगिताको विजेता आज टुंगो लाग्दैछ । नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुने फाइनलमा साबिक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । चार पटक आइपीएलको ट्रफी उचालिसकेको मुम्बईलाई उपाधि रक्षा गर्ने चुनौति रहेको छ भने आइपीएल इतिहासमा पहलो पटक फाइनलको यात्रा तय गरेको दिल्लीका लागि पहिलोपटक उपाधि जित्दै इतिहास रच्ने अवसर सामुन्ने छ । ‘हेड टु हेट’मा को अघि ? आईपीएलमा मुम्बई इण्डियन्स र दिल्ली (२०२०) बीच हालसम्म २७ पटक भिडन्त भएको छ । जसमध्ये मुम्बईल १५ पटक जित हासिल गरेको...

Read More