काठमाडौं– आगामी आर्थिक बर्षका लागि ८३ अर्व ७९ करोड बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री यूवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै उर्जा क्षेत्रको विकासका लागि सर्वसाधारणको लगानीमा ३ हजार मेगावाट बिद्युत उत्पादन गर्ने पनि बताएका छन् ।


ADVERTISEMENT


त्यस्तै, तमोर कन्काइको अध्ययन गरी निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ भने पश्चिम सेती आफैले बनाउने सरकारको तयारी छ । त्यस्तै चिसापानी योजना प्रकृया अघि बढाउने कुरामा जोेड दिँदै ३ हजार सम्मको विद्युत सर्वसाधारणको लगानीमा बनाउने कुरामा जोड दिइएको छ ।


ADVERTISEMENT

# # #


५ वर्षभित्र गल्छी रसुवागडि जलविदूत आयोजनाको निर्माणमा जोड दिँदै नीजि लगानीकर्तालाई प्रोत्साहन र सबै आयोजनाबाट प्रभावितलाई राहत प्रदान गर्ने कुरामा जोड दिइएको छ । स्मार्ट ग्रिड प्रणालीको विकास गर्ने कुरामा जोड दिइँदै ग्रामीण विद्युतीकरणका लागि ५ अर्व विनियोजन गरिएको छ ।
त्यस्तै गोवरप्लान्ट र साना जलविद्युतका लागि पनि अनुदान छुट्याइएको छ

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ दिइने

– आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने

– आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट