काठमाडौँ — सरकारले घर जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै इजाजत लिएरमात्रै घर जग्गा खरिद बिक्री गर्न पाउने व्यवस्था मिलाइएको घोषणा गरेका छन् ।


ADVERTISEMENT


सरकारले दुई वर्षभित्र जग्गा धनीपूर्जा विद्युतीय बनाउने र भूउपयोग सम्बन्धी कानुन संसदको चालू अधिवेशनमा पेस गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ दिइने

– आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने

– आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट