Author: Himalaya Post

सत्ता परिवर्तनको सहमतिले नेप्सेमा सकारात्मक सर्किट

काठमाडौँ – सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ । मंगलबार नेप्से ४७.४ अंक (२.२९ प्रतिशत)ले बढेर २ हजार १००.४३ बिन्दुमा पुगेर रोकिएको हो । आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । अन्तिम कारोबारसम्म आइपुग्दा नेप्से ४७.४ बढेर रोकिएको हो । आजको कारोबारमा विभिन्न तीन...

Read More

फाइल खुलेपछि काँग्रेस-एमाले एक रात पनि टिक्न सकेनन् : गृहमन्त्री लामिछाने

काठमाडौँ –उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले ठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि काँग्रेस र एमालेले आत्तिएर नयाँ गठबन्धन बनाएको दाबी गरेका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले फाइल खुलेपछि एमाले र काँग्रेस एक रात पनि टिक्न नसेकेको जिकिर गरेका हुन् । उनले भने, ‘फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो । यसलाई के भन्नु र मैँले ?’ साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस निकट मानिने बेचन झा पक्राउ परेकापछि काँग्रेस अत्तालिएको दाबी गरे । उनले भने, ‘यो बेचैनीको अर्को के अर्थ होला र ?’ संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ । जससँगै वर्तमान सरकार संकटमा परेको छ भने सत्ताबाट रास्वपाको बहिर्गमन निश्चित बनेको छ...

Read More

कांग्रेस-एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउँछ : विमलेन्द्र निधी

काठमाडौँ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताएका छन् । प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गरेर अघि बढ्ने र जनतामा छाएको निराशा हटाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको समेत बताएका छन् । उनले संघीयता, समावेशिता र लोकतन्त्रका मुल्य मान्यतालाई थप सुदृढ गरेर संविधान संशोधन गरिने जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत र परिष्कृत गर्न संविधान संसोधन गर्न लागिएको उनको भनाइ छ । त्यस्तै उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुदैमा प्रदेशहरुमा सत्ता फेरबदल हुनु संघीयताको मुल मर्म...

Read More

काँग्रेसद्वारा गिरिजाको योगदानको स्मरणमा फोटो प्रदर्शनी, प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले गरे अवलोकन

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनी गरिएको छ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले केन्द्रीय कार्यालय सानेपामा क्रान्तिदेखि शान्तिसम्म विषयक तस्बिर प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको जीवनीका साथै उनले गरेको योगदानको स्मरण हुने तस्विर राखिएको थियो । प्रदर्शनीको उद्घाटन कांग्रेस सभापति शेर बहादुर देउवाले गरेका थिए । सो क्रममा देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए मुलुकमा गणतन्त्र नै नआउने बताए । सात सालको क्रान्तिदेखि गणतन्त्र स्थापनासम्ममा कोइरालाको योगदान निकै महत्वपूर्ण रहेको उनको भनाइ छ । यसैबीच प्रधानमन्त्री...

Read More

सहकारी गठीसम्बन्धी छानबिन समितिले राष्ट्रिय मान्यताप्राप्त दलहरुसंग सुझाव लिने

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धिकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरुसंग सुझाव लिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार समितिको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि राजनीतिक दलहरुको सुझाव महत्वपूर्ण हुने भन्दै त्यसका लागि प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त दललाई सुझावका लागि पत्रचार गर्ने निर्णय गरेको हो । समितिको कार्यादेशमा टेकेर सहकारी क्षेत्रको समस्या समाधानका लागि लिखित रुपमा उपलव्ध गराउनका लागि पत्राचार गर्ने निर्णय गरिएको समिति संयोजक सुर्य थापाले जानकारी दिए । त्यस्तै बैठकमा राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक...

Read More