Author: Himalaya Post

मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह

काठमाडौँ– मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन् । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने प्रतिबद्धता जाहेर गर्दै ७५ वटा जिल्लाका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, अर्ध छात्रवृत्ति र पूर्ण शुल्क गरी तीन किसिमका कम्तीमा ५० प्रतिशत छात्रा भर्ना गरी बालबालिकाको शिक्षा पाउने अधिकारलाई प्रत्याभूति गराउने कटिबद्धता रहने पत्रमा उल्लेख छ...

Read More

माओवादी बैठक निस्कर्ष : ओलीले दोहोरो भूमिका, दुई पार्टी मिलेर राष्ट्रिय सहमतिको सरकार बनाऔं भन्न मिल्दैन

काठमाडौँ– नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले एमालेले समीकरण बदलेर कांग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री प्रचण्डसँग सोमबार लामो समय छलफल गर्दा एउटा कुरा र पछि कांग्रेससँग अर्को कुरा गरेको माओवादी केन्द्रको भनाइ छ । एमाले र कांग्रेसमात्र बसेर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर आह्वान गर्नु नै नमिल्दो कुरा भएको माओवादीको निष्कर्ष छ । बैठकले पछिल्लो परिस्थितिको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । उनले भने, ‘भाग्ने, डराउने, तर्सिने कुरा होइन, हामी यसै पनि माओवादी...

Read More

राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि कांग्रेस–एमालेको समीकरण : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशलाई स्थायित्व दिन र संविधान संशोधनका लागि कांग्रेस–एमालेको समीकरण बन्न लागेको बताएका छन् । एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए । राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको उक्त समीकरणमा आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने उनले जानकारी दिए । ‘नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म । त्यसमा अरु दललाई...

Read More

नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकारमा सामेल नहुने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । बैठकमा मुलतः पछिल्लो समय अघि बढेको राजनीतिक घटनाक्रमबारे छलफल भएको बताउँदै उनले भने, ‘अब बन्ने गठनबन्धनमा हामी रहदैनौँ । हामी सरकारमा जादैनौँ त्यो हाम्रो स्पष्ट छ । बाँकी के गर्छाै भन्ने कुरा अहिले केही एक खालको अनुमान रहेको र आधिकारिक केही प्रकृया अघि नबढिसकेको हुँदा सरकार परिवर्तन गर्ने र सरकार अर्काे बन्ने प्रकृया अघि बढेपछि हामी स्वभाविक रुपमा बाहिर निस्किन्छौँ ।’ प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन्...

Read More

आवासीय सुविधासहित एसइईको तयारी कक्षा

तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइईं) को ग्रेडवृद्धिका लागि आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाअन्तर्गतका विद्यालयबाट एसइईमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेडवृद्धिमा सहभागी हुन पालिकाले आवासीय सुविधासहितको तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आजदेखि रामशाह मावि र मित्रता माविमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसका लागि शिक्षकहरूले सकेको सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाअन्तर्गतका दश विद्यालयमध्ये दुई विद्यालयको नतिजा शून्य छ । छिम्केश्वरी मावि र कन्यादेवी माविका सबै विद्यार्थी एसइईमा अनुत्तीर्ण भएका छन् । छिम्केश्वरीका १४ र कन्यादेवीका १९ विद्यार्थी परीक्षामा अनुत्तीर्ण छन् । कुल...

Read More