काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सम्पूर्ण सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।
सबै किसिमका सरकारी कर्मचारीको सुरु तलबमानमा राजपत्र अनंकित श्रेणीका लागि २० प्रतिशत र राजपत्रांकित कर्मचारीका लागि १८ प्रतिशतले तलब वृद्धि गरिएको हो ।
महंगी भत्ता, प्रोत्साहन भत्ता र सावधिक जीवन बीमालाई यथावत राखिएको छ भने योगदानमा आधारित निवृत्तिभरण कोष सञ्चालनमा ल्याइने जनाइएको छ ।
बजेटसम्बन्धी थप समाचार :